देशमा भूकम्पले निकै सताएको छ । नेपालमा रहेका ऐतीहाँसिक धरोहरहरु मात्र हैन् मानवीय र ठूलो भौतीक क्षती भएको छ ।
भूकम्पपछि भत्किएका संचरनाको मर्मत तथा पुनःनिर्माणका सम्पुर्ण कामका लागि अहिले नेपाल भित्रका निकायहरु मात्र हैन् बिदेशी निकायहरुले पनि चासो र चिन्ता व्यक्त गरेका छन् । नेपालमा पुर्न निर्माणका थुप्रै कामहरु संचालन गर्नुपर्ने देखिएको छ । असार नजिकिदै गर्दा पालमा दिन बिताउन बाध्य भएका आम नागरिकहरुका लागि पनि सरकारले बेलैमा ध्यान पु¥याउनुपर्ने देखिएको छ । नेपाल पछिल्ला दिनहरुमा औधोगिकरणको लागि फड्को मार्दै आएको मुलुकभित्र पर्दछ । नेपालका स्थानीय स्रोत र साधनहरुको उत्पादन पश्चात बिदेश निर्यात हुने कतिपय सामाग्रीहरुले समेत राम्रो बजार पाउन सफल भएका छन् । भूकम्पका कारण नेपालमा बिग्रेका भौतीक संरचना निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु नेपालमा भएको बेला नेपाली बजारमा उत्पादन भएका बस्तुहरुलाई सरकारले सकेसम्म प्रयोग गर्न सकेको खण्डमा नेपालको व्यवसायले केही मात्रामा फड्को मार्न सक्ने देखिन्छ ।
नेपाली उत्पादनलाई प्राथमिकता दिन उद्योगीले सरकारसग माग पनि गरेका छन् । नेपाली निर्माण कम्पनी सक्षम नभएपनि उत्पादनका सामाग्री नेपाली नै प्रयोग गर्ने वातावरण मिलाउन सरकारसँग उद्योगीहरुले माग गरेका बेला नेपाली बजारको खपत गर्नुपर्ने बारेमा सरकारले समेत बिशेष ब्यवस्था गर्नुपर्ने देखिएको छ । पुनःनिर्माणको जिम्मा विदेशी कम्पनीले पाउने र निर्माणमा प्रयोग गर्ने सिमेण्ट, रड लगायत सामाग्री बिदेशबाटै ल्याउने भएपछि भूकम्पबाट प्रभावित उद्योग थप मारमा पर्ने भएकोले यसवारे सरकारले सोच्नुपर्ने हो की ?








